एमसीसी : कांग्रेस र एमाले मिल्नको लागि बाधक बने माधव नेपाल सहित १४ जना सांसद र सभामुख सापकोटा — OSNepal

एमसीसी : कांग्रेस र एमाले मिल्नको लागि बाधक बने माधव नेपाल सहित १४ जना सांसद र सभामुख सापकोटा

LC (KTM) February 25, 2022 0

काठमाडौं १३ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसको लागि नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल सहित १४ जना सांसद र सभामुख अग्निप्रसाद सापकोटा बाधक बनेका छन् ।

अमेरिकी परियोजा एमसीसी पास गर्ने विषयमा पाँच दलीय गठवन्धन सरकारमा सहमति नभएपछि प्रतिपक्षी दल नेकपा एमालेको चरणमा पुगेको हो सत्तारुढ दल कांग्रेस ।

एमसीसीको विषयमा एमालेसँग हिजो भएको दुई चरणको छलफल सकारात्मक भएको छ भने आज पनि दुई दलबिच छलफल हुने भएको छ । एमालेले आफ्नो माग सम्बोधन गरे संसद सुचारु गर्न दिएर समर्थन गर्ने बताएपछि कांग्रेसको लागि गठवन्धन भन्दा पनि माधव नेपालसहित १४ जना सांसद र सभामुख सापकोटा भारी परेका छन् ।

कारण अध्यक्ष केपी ओलीले एमालेले कारबाही गरिएका माधवकुमार नेपालसहित १४ सांसदलाई हटाउनुपर्ने वा सभामुख सापकोटालाई महाअभियोग लगाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री बनाउन समर्थन गरेका माधव नेपाल नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारी परेका छन् ।

एमालेको यो सर्त मान्ने बितिक्कै संसदमा एमसीसी पास हुन अवस्थामा आउन सक्छ । गठवन्धनमा रहेका माओवादीको आज बसेको बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने भनेर निणर्य गरिसकेको छ । भने नेकपा एकिकृत समाजवादी पार्टीले पनि याथस्थितिमा एमसीसी पास नहुने स्पष्ट पारिसकेको छ ।

जनता समाजवादी पार्टी भने एमसीसीका कराण दुई धारमा बाँिडएको छ । सरकारमा सहभागी नभएको राष्ट्रिय जनमोर्चा एमसीसीको विपक्षमा रहेको छ । एमसीसीको पक्षमा लोकतान्त्रिक समाजवादी पार्टीले भने पक्षमा मतदान गर्ने निणर्य गरिसकेको छ ।

आज बस्ने भनिएको संसद बैठक पनि एमालेसँग निर्णायक छलफल हुन बाँकी भएकाले स्थगित गरिएको बुझ्न सकिन्छ । कारण आज बस्ने संसद बैठकमा एमसीसीको विषयमा छलफल हुने भएको थियो ।

आजै हुने एमालेसँगको छलफलमा प्रधानमन्त्री देउवाले ओलीको माग सम्बोधन गरी पुार गर्ने निणर्य गरेमा माधव नेपाल सहित १४ सांसद या सभामुख सापकोटाको पद धरापमा पर्न सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर