युक्रेनका विदेश मन्त्रीद्वारा किभमा रुसी रकेट आक्रमणको निन्दा — OSNepal

युक्रेनका विदेश मन्त्रीद्वारा किभमा रुसी रकेट आक्रमणको निन्दा

LC (KTM) February 25, 2022 0

किभ १३ फागुन – युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले शुक्रबार बिहान राजधानी किभलाई हल्लाउने “भयानक रकेट आक्रमण“ को निन्दा गनुर्् भएको छ । “भयानक रूसी रकेटले किभमा आक्रमण गर्यो,“ कुलेबाले ट्विट गर्दै भन्नु भएको छ । “हाम्रो राजधानीलाई पछिल्लो पटक सन् १९४१ मा नाजी जर्मनीले आक्रमण गर्दा यस्तो अनुभव गरेको थियो।“ उहाँले थप जानकारी दिनु भएको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गर्नुभएको थियो । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नु भएको छ ।

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्वको क्राइमियालाई रसियामा गाभेको रसियाले फेरि पूर्वीयुक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो । हाल डोनेस्क र लुहान्स्क क्षेत्रमा विद्रोही लडाकूको नियन्त्रण छ । यस क्षेत्रमा जारी द्वन्द्वमा १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर