इटहरीमा एकै दिन तीन वटा आधारभूत अस्पताल भवन उदघाटन — OSNepal

इटहरीमा एकै दिन तीन वटा आधारभूत अस्पताल भवन उदघाटन

LC (KTM) February 26, 2022 0

इटहरीमा एकै दिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्र भवनको उदघाटन गरिएको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर १८,१९ र २०मा नवनिर्मित स्वास्थ्य इकाई भवनको शिलान्यास गर्नुभयो । इटहरीका सवै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पूरयाउन यस अघि सरकारी स्वास्थ्य ंसंस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भएका छन ।

नगरप्रमुख द्धारिकलाल चौधरीले चुनाव ताका सवै वडाहरुमा अस्पताल पूरयाउने प्रतिवद्धता पूरा गरेको वताउनुभयो । उहाँले अव आधारभूत सेवा लिन गाँउका वासिन्दाले शहर जानु नपर्ने वताउनुभयो । उपप्रमुख लक्ष्मी गौतमले वडा वडामा निर्मित स्वास्थ्य इकाइ भवनवाट स्वास्थ्य सेवा संचालन गर्न जनशक्ति र आवश्यक समाग्रीको ब्यवस्थापन भइसकेको जानकारी दिनुभयो ।

आँगनमै स्वास्थ्य सेवा आउने भएपछि गाँउ गाँउका वािसन्दा उत्साहित वनेको उहाँको भनाई छ । उपमहानगरका प्रमुख प्रशासकीय अघिकृत रामचरित्र मेहताले इटहरीका वडाहरुमा जग्गा ब्यवस्थापन गरेर स्वास्थ्य इकाई भवन निर्माण गरिनु सुनसरीमै उदाहरणीय कार्य भएको वताउनुभयो । उपमहानगरका इन्जिनियर कैलाश तिम्सिनाले भवन निर्माण लागतका वारेमा जानकारी दिनुभयो ।

उपमहानगरका स्वास्थ्य संयोजक धनश्याम सिग्देलले आधारभूत स्वास्थ्य इकाइवाट प्राप्त हुने आधारभूत स्वास्थ्य सेवाका वारेमा जानकारी दिनुभयो ।वडा नम्वर १८मा वडाध्यक्ष रामकुमार चौधरी,१९मा वडाध्यक्ष श्रीनारायण चौधरी र २० मा वडाध्यक्ष मणीराम श्रेष्ठको अध्यक्षतामा उदघाटन कार्यक्रम भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर