बागलुङ नगरपालिकाद्वारा धवलागिरि अस्पताललाई शववाहन हस्तान्तरण — OSNepal

बागलुङ नगरपालिकाद्वारा धवलागिरि अस्पताललाई शववाहन हस्तान्तरण

LC (KTM) February 27, 2022 0

बागलुङ-बागलुङ नगरपालिकाले शववाहन खरिद गरेर धवलागिरि अस्पताललाई हस्तान्तरणको छ । आफन्तको मृत्युमा दुःख परेको समयमा शव ओसारपसारका लागि समस्या नहोस् भन्नका लागि नगरपालिकाले शववाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाको रु १२ लाख २० हजार र धवलागिरि अस्पतालको रु दुई लाख गरी रु १४ लाख २० हजारमा कर छुट गरी शववाहन खरिद गरिएको हो । बिरामी बोक्ने एम्बुलेन्समै शव बोक्नुपर्ने समस्या भएपछि नगरपालिकाले शववाहन खरिद गरेर शनिबार सो अस्पताल हस्तान्तरण गरेको छ ।

शववाहन सञ्चालनमा ल्याएपछि शव व्यवस्थापनमा निकै सहज हुने धवलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताउनुभयो । “नगरपालिका र अस्पतालबीच शववाहन सञ्चालन कार्यविधि बनाएर शववाहन सञ्चालनमा ल्याइने छ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर