रानिधाराको भिरबाट टिप्पर खस्दा २३ वर्षिय दिपकको मृत्यु — OSNepal

रानिधाराको भिरबाट टिप्पर खस्दा २३ वर्षिय दिपकको मृत्यु

LC (KTM) February 27, 2022 0

डडेल्धुरा-डडेल्धुरा जिल्ला सदरमुकाममा नजिक टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिप्पर चालक अजयमेरु–२ का २३ वर्षिय दिपकसिंह ऐर रहेको प्रहरीले जनाएको छ ।

शनिबार अपरान्ह अमरगढी नगरपालिका–५ बगरबाटास्थित रानिधाराको भिरबाट सुप ००१ क १८७९ नम्बरको टिप्पर दुर्घटना भएको हो । उक्त टिप्परमा दुई जना सवार रहेको बताइएको छ । करिव दुई सय मिटर तल टिप्पर खस्दा चालकको मृत्यु भएको हो । तस्वीर ः धनबहादुर भण्डारी, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर