झोला बोकेर लखर लखर पैदल हिँडिरहेका तीन जनालाई प्रहरीले शङ्का लागेर चेक जाँच गर्दा चितुवाको छाला भेटियो — OSNepal

झोला बोकेर लखर लखर पैदल हिँडिरहेका तीन जनालाई प्रहरीले शङ्का लागेर चेक जाँच गर्दा चितुवाको छाला भेटियो

LC (KTM) February 28, 2022 0

राँझा बाँकेको बैजनाथ गाउँपालिकामा चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका–५ बाट चितुवाको छालासहित स्थानीय यमबहादुर विश्वकर्मा तथा बर्दियाको मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पैदल हिँडिरहेका उनीहरुलाई शङ्का लागेपछि जाँच गर्दा चितुवाको छाला भेटिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर