क्यानडा पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा २३ वर्षीय लालबाबु समातिए — OSNepal

क्यानडा पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा २३ वर्षीय लालबाबु समातिए

LC (KTM) February 28, 2022 0

काठमाडौं १६ फागुन । क्यानडा पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-८ गौशाला बस्ने धनुषा जनकनन्दनी गाउँपालिका(४ घर भएका २३ वर्षीय लालबाबु कापरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

लालबाबुले आफ्नो मान्छे क्यानडामा छ, अन्य व्यक्तिलाई २२ लाख रुपैयाँ लाग्छ तिमीलाई १२ लाख २० हजार रुपैयाँमा मिलाईदिन्छु भन्दै प्रलोभन देखाई भिषा प्रोसेसिङ्गको लागि आफ्नो बैंक खातामा पटक-पटक गरी १२ लाख रुपैयाँ रकम जम्मा गर्न लगाएर ठगी गरेको भन्ने जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ तिनकुनेबाट उनलाई पक्राउ गरेको हो ।

लालबाबुले पीडितको मेल आईडीमा भिषा, हवाई टिकट समेत पठाई सन् २०२२ जनवरी १० मा उडान रहेको भनी एयरपोर्ट पुग्दा भिषा र टिकट नक्कली रहेको थाहा भएको थियो ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरमा पठाईएको उक्त महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर