महाशिवरात्रिमा शिवको मूर्ति प्रतिस्थापन — OSNepal

महाशिवरात्रिमा शिवको मूर्ति प्रतिस्थापन

LC (KTM) March 01, 2022 0

दमौली, १७ फागुन -महाशिवरात्रि पर्वको अवसरमा तनहुँको म्याग्दे गाउँपालिका–२ काफ्लेथोकमा १६ फिट अग्लो शिवको मूर्ति प्रतिस्थापन गरिएको छ । उक्त मूर्ति शिवरात्रिको अवसर पारेर आज प्रतिस्थापन गरिएको हो । उक्त मूर्ति मुलुककै दोस्रो अग्लो भएको दावी गरिएको छ । स्थानीयवासी रमेश काफ्ले र दिनेश काफ्लेले उपलब्ध गराएको पाँच रोपनी क्षेत्रफलमा मूर्ति प्रतिस्थापन गरिएको छ ।

जनहित पीताम्बर सामुदायिक संस्थाले उक्त ठाउँलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले मूर्ति राखेको हो । रु १५ लाखको लागतमा मूर्ति निर्माण गरिएको वडाध्यक्ष चन्द्रबहादुर रानाभाटले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर