एमसीसी अनुमोदनपछि दलहरु जस लिने होडमा — OSNepal

एमसीसी अनुमोदनपछि दलहरु जस लिने होडमा

LC (KTM) March 02, 2022 0

मौनता, विरोध र समर्थनबीच अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदन भएपछि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच जस लिने होडबाजी चलेको छ । दलहरूले वैदेशिक सहायताको रूपमा एमसीसी स्वीकारिएको प्रष्टीकरण दिँदै संसद्बाट पास गर्नुलाई ‘विकासप्रेमी’ कदमको रूपमा अथ्र्याएका छन् ।

एकपछि अर्को दलका नेताहरू पत्रकार सम्मेलन गरेरै खुसी साट्ने र जस लिने होडमा छन् । संसद्मा एमसीसी टेबुल भएर अनुमोदन हुँदासम्म मौन रहेका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गर्दै एमसीसी अनुमोदन हुनुलाई सकारात्मक भएको प्रतिक्रिया दिए । अनुमोदन भएकोमा उनी खुसी देखिए ।

अझ अगाडि बढेर ओलीले भनेका छन्, ‘सम्झौता गरिएका परियोजनाहरूलाई जुन सरकारको नेतृत्वमा सुरु भएको भए पनि उत्तराधिकारी सरकारले निरन्तरता दिनुपर्ने सामान्य विधिप्रति हामी स्पष्ट छौँ ।’ यो समाचार आजको दल नेपालटपदैनिकमा छ ।एमसीसी विवाद प्रधानमन्त्री पदबाट आफूलाई च्युत गर्ने लक्ष्यसहित विकृत रूपमा सुरु गरिएको योजनाबद्ध दुष्प्रचार भएको टिप्पणी ओलीको छ । तर, पास गर्ने प्रक्रियासँग सम्बन्धित प्रतिनिधिसभाको दुवै बैठकमा एमालेलाई प्रक्रियामा सहभागी हुनबाट बञ्चित गरेको आरोप लगाए ।

अनुमोदन हुनुअघि भने एमालेको धारणा सत्तापक्ष प्रष्ट हुनुपर्ने भन्ने थियो । सत्तापक्ष प्रष्ट हुँदा पनि एमाले भने अस्पष्टै रह्यो, जसलाई कतिपयले एमालेको ‘अस्वाभाविक मौनता’को रूपमा विश्लेषण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर