बेलारुसले सीमामा सुरक्षाकर्मीको संख्या दोब्बर पार्ने — OSNepal

बेलारुसले सीमामा सुरक्षाकर्मीको संख्या दोब्बर पार्ने

LC (KTM) March 02, 2022 0

मिन्स्क–बेलारुसले युक्रेनसँगको दक्षिणी सीमामा आफ्ना सुरक्षाकर्मीको संख्या दोब्बर पार्ने भएको छ । आगामी दुई दिनपछि सीमामा रहेका पाँच बटालियन सेनाको समूहलाई बढाएर दश पु¥याइने राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले घोषणा गरेका छन् ।

‘यी उच्च तालिमप्राप्त मोवाईल समूह हुन्, जसले विरोधीका जुनसुकै उत्तेजना र बेलारुसविरुद्धको सैन्य कारबाही रोक्न सक्छन्,’ युक्रेनतर्फ लक्षित गर्दै सुरक्षा परिषदको बैठकमा भने ।

सेनाको परिचालनलाई ‘रोकथम कार्य’ भन्दै त्यसले युक्रेनका कट्टरपन्थी र हतियारहरुको प्रवेश रोक्ने बताए । रुसलाई समर्थन गरेको भन्दै पश्चिमा देशहरुले बेलारुसलाई प्रतिबन्ध लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर