सेना दिवसमा आमन्त्रित २६ मुलुकका सैनिक सहचारीद्वारा जङ्गीअड्डाको भ्रमण — OSNepal

सेना दिवसमा आमन्त्रित २६ मुलुकका सैनिक सहचारीद्वारा जङ्गीअड्डाको भ्रमण

LC (KTM) March 02, 2022 0

काठमाडौँ, १८ फागुन-सेना दिवसका उपलक्ष्यमा आमन्त्रित २६ मुलुकका आवासीय तथा गैरआवासीय सैनिक सहचारीको टोलीले सैनिक मुख्यालय जङ्गीअड्डाको भ्रमण गरेको छ । युद्धकार्य निर्देशनालयले नेपाली सेनाको सङ्गठन र कार्य जिम्मेवारीबारे भ्रमण टोलीलाई सो अवसरमा जानकारीमूलक प्रस्तुती प्रस्तुत गरेको थियो । टोलीमा भारत, चीन, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिकाका आवासीय सैनिक सहचारी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बङ्गलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, इजरायल, मेक्सिको, नाइजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, युक्रेन, जाम्बिया, रोमानिया र स्वीजरल्याण्डका गैरआवासीय सैनिक सहचारी पनि भ्रमण दलमा सहभागी हुनुहुन्थ्यो । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित बढाइँ विशेष समारोहमा सहभागिता रहेको उक्त टोलीले लुम्बिनी र पोखराको समेत अवलोकन भ्रमण गर्ने छ ।

सैनिक सहचारीको भ्रमणले नेपाल र ती मुलुकबीच सैनिक कूटनीतिमार्फत सम्बन्ध अझ सुमधुर तुल्याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ । सैनिक मुख्यालयको भ्रमणका क्रममा टोलीले प्रधानसेनापति प्रभुराम शर्मासँग भ्रमण दलले भेट गरेको जानकारी दिइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर