युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य — OSNepal

युक्रेन हमलाको स्याटलाइट तस्विर: अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर मानिसको भीडदेखि जलिरहेका भवनका दृश्य

LC (KTM) March 03, 2022 0

किभ, १९ फागुन – युक्रेन हमलाको नयाँ स्याटलाइट तस्विरहरु सार्वजनिक भइरहेका छन् । तस्विरहरुमा अत्यावस्यक सामग्रीको पर्खाइमा पसलबाहिर लागेको मानिसहरुको लामो लाइन, जलिरहेका भवन र सेनाका बख्तरबन्दका लामा ताँती देख्न सकिन्छ । त्यस्तै, चेर्निहिभ र किभका सुपरमार्केट बाहिर खानेकुरा किन्न पर्खिरहेका मानिसहरुको लामो लाइनहरू देखिन्छ ।

त्यसैगरी, विभिन्न सीमा बिन्दुमा युक्रेन छोड्न खोज्ने र छिमेकी देशहरु हंगेरी, स्लोभाकिया र रोमानिया प्रवेश गरेका मानिसरुको समूह पनि स्याटलाइट तस्विरमा देख्न सकिन्छ ।

रुसी फौजले युक्रेनी सहर खेरसनलाई नियन्त्रणमा लिएको स्थानीय अधिकारीहरुले पुष्टि गरेका छन् । ३ लाख जनसंख्या भएको सो सहरलाई रुसी सेनाले घेरेको र त्यहाँ युक्रेनी सेनाको उपस्थिति शून्य देखिएको अधिकारीहरुले बताएका छन् । खेरसन कब्जा गर्ने क्रममा ठूलो संख्यामा सर्वसाधारणको हताहत हुन सक्ने अनुमान गरिएको छ ।

यसैबीच रुसी सेनाले युक्रेनमाथिको हमलालाई थप तीव्र पारेको छ । रुसी सेनाले दोस्रो ठूलो सहर खारकिभमा शक्तिशाली बिस्फोट गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर