पोखराका २८ वर्षीय दिपकलाई कास्कीबाट खटिएको प्रहरीले रंगेहात समात्यो , गर्दा रहेछन् यस्तो काम — OSNepal

पोखराका २८ वर्षीय दिपकलाई कास्कीबाट खटिएको प्रहरीले रंगेहात समात्यो , गर्दा रहेछन् यस्तो काम

LC (KTM) March 06, 2022 0

कास्की २२ फागुन । पोखरा महानगरपालिका-१३ काहुँखोलाबाट सोही महानगरपालिका-२६ बुढीबजार बस्ने २८ वर्षीय दिपक परियारलाई नियन्त्रित लागूऔषध ९४ एम्पुल बुप्रिनुर्फिन, ९४ एम्पुल फेनारगन र ९४ एम्पुल डाईजेपाम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दिपकले पोखरा नगर क्षेत्रका विभिन्न स्थानमा लागूऔषधको कारोबार गर्छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रहरीले उनले प्रयोग गरेको ग.१२ प ३९७३ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद ४ हजार बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर