युद्धकै बीच युक्रेनमा दुई सैनिकले सैन्य पोसाकमै विवाह गरेको तस्विर सामाजिक संजालमा भाइरल — OSNepal

युद्धकै बीच युक्रेनमा दुई सैनिकले सैन्य पोसाकमै विवाह गरेको तस्विर सामाजिक संजालमा भाइरल

LC (KTM) March 07, 2022 0

एजेन्सी-युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेको तस्विर सामाजिक संजालभा भाइरल बनेको छ । युक्रेनी सेना रुसको सेना विरुद्ध लडिरहेका छन् । तर, यहीबीचमा किएभ नजिकैको क्षेत्रमा क्षेत्रीय रक्षा बलका दुई सैनिकले विवाह गरेका हुन् । बम पड्केको आवाजकाबीच विवाह सम्पन्न भएको समाचारमा जनाइएको छ ।

लिसया फिलिमोनोभा र भलेरी फिलिमोनोभ वलेरीले सानो जमघटमा युद्धका कारण गर या मरको अवस्थामा गरेको बिहेलाई अनौठो तरिकाले लिइएको छ ।उनीहरुले युनिफर्म लगाएर नै विवाह गरेका छन् । रुसको आक्रमणपछि युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर