घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो — OSNepal

घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो

LC (KTM) March 11, 2022 0

काठमाडौं, २७ फागुन – युइएफए युरोपा लिगको अन्तिम आठको खेलमा बार्सिलोना गालातासारेसँग गोलरहीत बराबरीमा रोकिएको छ । बिहिवार राति क्याम्प नोउमा भएकाे खेलमा दुबै टिम गाेलरहीत बराबरी रहे ।

स्पेनिस क्लब बार्सिलोनाले टर्की क्लबविरुद्ध बल पकडमा सफल भए पनि फिनिसिङमा चुकेको हो । पहिलो लेग बराबरीमा समाप्तिपछि अब दोस्रो लेग गालातासारेको घरेलु मैदानमा २२ मार्चमा हुनेछ ।

राति नै भएको खेलमा स्पोर्टिङ ब्रागाले मोनाकोलाई २-० अन्तरले पराजित गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर