खेल सुरु भएको २५ सेकेण्डमै गोल गरे पनि चारतारे फुटबल क्लब प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताबाट बाहिरीयो, रेडहर्ष सेमिफाईनलमा — OSNepal

खेल सुरु भएको २५ सेकेण्डमै गोल गरे पनि चारतारे फुटबल क्लब प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताबाट बाहिरीयो, रेडहर्ष सेमिफाईनलमा

LC (KTM) March 11, 2022 0

रेडहर्ष फुटबल क्लब झापाको कमल गाउँपालिकामा जारी प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आज भएको खेलमा रेडहर्ष इलामले चारतारे फुटबल क्लब मोरङलाई २–१ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । खेल सुरु भएको २५ औं सेकेण्डमा नै चारतारेका आयुष लिम्बुले गोल गरेका थिए ।

चारतारे विरुद्ध रेडहर्षका युवराज राईले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई बराबरीमा ल्याएका थिए । पहिलो हाफमा १–१ को बराबरी भएको थियो । रेडहर्षको तर्फबाट दोस्रो हाफको १४ औ मिनेटमा युवराज राईको क्रसमा मनिस थापाले गोल गर्दै नतिजा दोब्बर बनाए । खेलमा दुबै टिमले गोल गर्ने अवसर प्राप्त गरे पनि थप गोल गर्न नसक्दा नतिजा २–१ मा टुङ्गिएको थियो ।

खेलको प्लेयर अफ दि म्याच रेडहर्षका मनिस थापा भए । उनले नगद २ हजार ५ सय रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे । प्रतियोगिता अन्तर्गत शनिबारको अन्तिम क्वार्टर फाइनल खेल बेलबारी फुटबल क्लब मोरङ र धुलाबारी फुटबल एकाडेमि झापाबीच हुने खेल संयोजक तेजकुमार राईले बताए ।

प्रतियोगिताको विजेताले नगर २ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले नगर १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनेछ । खेलको म्यान अफ दि म्याच, विधागत उत्कृष्ट खेलाडी साथै प्रतियोगिताको अर्वोत्कृष्ट खेलाडीहरु पुरस्कृत हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर