जापानमा नेपाली विष्णुको निधन, सँगै रहेका श्रीमती र छोरी शोकाकुल — OSNepal

जापानमा नेपाली विष्णुको निधन, सँगै रहेका श्रीमती र छोरी शोकाकुल

LC (KTM) June 07, 2021 0

काठमाडौं- जापानमा एक नेपाली युवकको निधन भएको छ । जापानको तोचिगी केन ओयामा सहरमा बस्दै आएका विष्णु प्रसाद पाण्डेको निधन भएको बताइएको छ । उनको शनिवार बिहान अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

केही समययता देखि अस्वस्थ रहेका उनलाई एक्कासी समस्या बढेपछि अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको बताइएको छ ।

उनले आफुलाई टाउको दुखेको बताएका थिए । उनी सोही स्थानमा कुक काम गर्दै आएका थिए । उनको निधन पछि जापानमा सँगै रहेका श्रीमती र छोरी भावविव्हल बनेका छन् । पाण्डेको दाहसंस्कार जापानमा नै गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर