इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा पूर्वाञ्चल क्रिकेट विजयी — OSNepal

इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा पूर्वाञ्चल क्रिकेट विजयी

LC (KTM) March 11, 2022 0

मोरङ, २७ फागुन -पूर्वाञ्चल क्रिकेट क्लब इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको आज भएको खेलमा विजयी भई फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगरस्थित जुटमिल खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एमसिसी ‘ए’ क्रिकेट क्लब विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्चल क्रिकेट क्लब फाइनलमा पुगेकोे हो ।

पहिले ब्याटिङ्ग गरेको पूर्वाञ्चलले २०४ रन बनाएको थियो । एमसिसी ‘ए’ १८ दशमलव एक बलमा १६४ रनमा अलआउट भएको थियो । पूर्वाञ्चलका अजय राजवंशी चार विकेट लिन सफल भएसँगै ‘म्यान अफ द म्याच’ घोषित भएका छन् । पूर्वाञ्चलले शनिबार हुने दोस्रो सेमिफाइनल खेल समशेर क्रिकेट क्बल कानपुर(भारत) र सन्नी क्रिकेट क्बल कटियार (भारत)सँगको विजेता टिमसँग उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । (रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर