खप्तड गोल्डकपको उपाधी मनाङलाई , जित संगै २१ लाख नगद पायो — OSNepal

खप्तड गोल्डकपको उपाधी मनाङलाई , जित संगै २१ लाख नगद पायो

LC (KTM) March 12, 2022 0

सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । धनगढी रंगशालामा आज भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई तीन एक गोल अन्तरले हराउँदै मनाङले उपाधी हत्याएको हो । मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो ।

मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे । फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए । खेलको ८६ औं मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएको थियो । उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर