नेपालले घरेलु मैदानमा खेल्ने एकदिवसीय र त्रिदेशीय टी ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक — OSNepal

नेपालले घरेलु मैदानमा खेल्ने एकदिवसीय र त्रिदेशीय टी ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक

LC (KTM) March 12, 2022 0

एकदिवसीय र त्रिदेशीय टी ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा यी खेल खेल्ने छ । नेपाल क्रिकेट संघ क्यानले आज पपुवा न्युगिनी पीएनजीसँगको एकदिवसीय र पीएनजी र मलेसियासँगको त्रिदेशीय टी ट्वान्टी अन्तराष्ट्रिय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एकदिवसीय सिरिज खेल्ने छ। टियु क्रिकेट मैदानमा हुने सिरिजको पहिलो खेल मार्च २५ र दोस्रो खेल २६ मा हुनेछ ।यस्तै नेपालले टियुमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी ट्वान्टी सिरिज खेल्नेछ ।

त्रिदेशीय सिरिज मार्च २८ देखि अप्रिल ४ सम्म हुनेछ ।टी ट्वान्टी सिरिज अन्तर्गत नेपालले मार्च २८ मा पीएनजीसँग खेल्नेछ ।नेपालले मार्च ३० मा मलेसियासँग खेल्दा मार्च ३१ मा पीएनजीसँग खेल्नेछ । नेपालले मलेसियासँग अप्रिल २ मा पुन खेल्नेछ । फाइनल अप्रिल ४ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर