प्रचण्डका कार्यकर्ताले भन्दैमा हटाउलान् त प्रकाश सपुतले ट्रेण्डिगंको नम्बर १ मा रहेको भिडियो 'पीर' ? — OSNepal

प्रचण्डका कार्यकर्ताले भन्दैमा हटाउलान् त प्रकाश सपुतले ट्रेण्डिगंको नम्बर १ मा रहेको भिडियो ‘पीर’ ?

LC (KTM) March 13, 2022 0

काठमाडौ । गीत संगीत यति शक्तिशाली भई दिन्छ कि कहिले काही ठुलै हलचल मच्चाई दिने गर्छ । गायक पशुपति प्रसाद हुन् या प्रकाश सपुत यसका ज्वलन्त उदाहरण हुन् । यर्थाथ परक बिषय वस्तुलाई लिएर गीत संगीत प्रस्तुत गर्दै आएका चर्चित गायक प्रकाश सपुतले गीतकै कारण धम्कि खेप्नु परेको खुलासा भएको छ । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भए लगत्तै माओबादीलाई पर्नु पिर परेको छ ।

माओवादी सशस्त्र द्धन्द्धपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। यहि बिषयलाई गीतको माध्यमबाट प्रस्तुत गरेपछि माओबादीले भने गीत हटाउन चेतावनी दिएको छ । जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित भएर बनाइएको १६ मिनेट लामो गीतलाई माओवादी निकट व्यक्तिहरुले दबाब दिँदै तत्काल हटाउन चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी दिँदै भनेकी छिन् सर्वाजनिक रुपमा माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर हामी बस्दैनौँ । यसैबीच प्रकाशको गीत २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आई पुगेको छ ।

शुक्रबार साँझ सपुतले आफ्नै युट्युब च्यानलमा अपलोड गरेको गीत आईतबार बिहान सम्ममा १० लाख ३६ हजारभन्दा बढीले हेरिसकेका छन् । १६ मिनेट २५ सेकेन्डको भिडियोमा प्रकाश आफै र सुरक्षा पन्त फिचर्ड रहेका छन्। गीतको सबैले समर्थन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर