पल शाह को ‘पवित्र माया’ मा गरिमा शर्मा — OSNepal

पल शाह को ‘पवित्र माया’ मा गरिमा शर्मा

LC (KTM) March 13, 2022 0

काठमाडौ । पछिल्लो समय बिबादको घेरमा रहेका अभिनेता एवम मोडल पल शाह अभिनित गीत बजारमा आएको छ । गायक राजन तामाङको ‘पवित्र माया’ बोलको गीत बजारमा आएको हो । गायक तामाङको सुमधुर आवाज रहेको उक्त गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । यस गीत लाई आर बि लामाले संगीत भरेका छन् ।

रचना पनि उनैले गरेका छन् । यस गीतलाई गायक एवम संगीतकार कर्साङ लामाले संगीत संयोजन र ध्वनी सम्पादन गरेका छन् । भिडियोमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको अभिनय रहेको छ । राम कुमार केसीको छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन ।

अभिनेता पल शाह भने अहिले प्रहरी हिरासतमा छन । एक नाबालिग गायिकाले करणी गरेको आरोप लागेपछी उनी आँफैँ तनहुँ प्रहरी कार्यालयमा पुगेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर