झापा गोल्डकपको फाइनल भोली , प्रिम्याचमा दुबै टोलीले जित निकाल्ने गरे दाबी — OSNepal

झापा गोल्डकपको फाइनल भोली , प्रिम्याचमा दुबै टोलीले जित निकाल्ने गरे दाबी

LC (KTM) March 13, 2022 0

झापा गोल्डकपको फाइनल खेल सोमबार भोली त्रिभुवन आर्मी फुटबल क्लब र झापा–११ बीच हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा दुवैले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् । झापाले सेमिफाइनलमा संकटालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने आर्मीले सेमिफाइनलमा सातदोबाटोलाई हराएको थियो ।

आइतबार बिर्तामोडस्थित होटल दि किङ्सबरीमा भएको प्रि म्याच कन्पे्रन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताएका छन् । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । उनले झापामा कलेक्टिभ खेलाडी रहेका कारण पनि जित निकाल्न सहज हुने बताए ।

झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले चार पटक सम्म झापाले उपविजेतामा चित्त बुझाएकाले यसपटक जित निकाल्ने बताए । यसअघि तीन पटक आर्मीले झापा गोल्डकपको उपाधि जितेको छ । झापाले भने चारपटक नै उपविजेतामा चित्त बुझाएको हो ।

पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । त्यस्तै, झापा गोल्डकपले यसपटक झापा–११ का खेलाडी विशाल राई ‘ए’लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइने भएको छ । उनले एक थान मोटरसाइकल पाउने आयोजक समिति अध्यक्ष बस्नेतले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर