टेम्के फुटबल क्लब प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश — OSNepal

टेम्के फुटबल क्लब प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

LC (KTM) March 13, 2022 0

टेम्के फुटबल क्लब प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा रेडहर्ष फुटबल क्लब इलामलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै टेम्केले फाइनलको यात्रा तय गरेको हो । टाइब्रेकरमा रेडहर्षका लागि हरी सिटौला र सन्जित राईले गोल गरे । रेडहर्षका लागि मनिस थापा र अनिस थापाको प्रहार पोष्ट बाहिरीयो ।

टेम्केका कैलाश बस्नेत, अस्तोष राई, आकाश राई र बसन्त कुमार वानियाले टाइब्रेकरमा गोल गर्न सफल भए । केरखा खेल मैदानमा भइरहेको अध्यक्षकपको पहिलो सेमिफाइनल खेलमा १७औ मिनेटमा टेम्केका मनिश चेम्जोङले गोल गरेका थिए । आकाश राईलेले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मनिश चेम्जोङले गोल गरे ।

टेम्केले पहिलो हाफमा १–० को नतिजामा रेडहर्षलाई दवावमा राखेको थियो । दोस्रो हाफको २०औँ मिनेटमा रेडहर्षका मनिस थापाले गोल गर्दै खेल बराबरीमा पारेका थिए । निर्धारित समयमा १–१ को बराबरी नतिजा भए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । आइतबार भएको खेलको प्लेयर अफ दि म्याच टेम्केका आविस्कार खड्का घोषित भए । भोलीको दोस्रो सेमिफाइनल खेल एपीएफ पकली सुनसरी र धुलाबारी फुटबल एकाडेमी झापाबीच हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर