फ्रेन्च लिग वान फुटबलमा पिएसजीको शानदार जित — OSNepal

फ्रेन्च लिग वान फुटबलमा पिएसजीको शानदार जित

LC (KTM) March 13, 2022 0

प्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले बोर्डेअक्सलाई तीन शुन्य गोल अन्तरले हराएको हो । घरेलु मैदानमा खेलको २४ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५२ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दुई शुन्य गोलको अग्रता बनाए । त्यसपछि खेलको ६१ औं मिनेटमा लिनड्रो पारेड्सले गोल गर्दै पीएसजीलाई तीन शुन्य गोलको जित दिलाए । जितसँगै पीएसजीले २८ खेलमा ६५ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ । बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर