दौड प्रतियोगितामा भाग लिन जुम्लाका चार खेलाडी भारत जाँदै — OSNepal

दौड प्रतियोगितामा भाग लिन जुम्लाका चार खेलाडी भारत जाँदै

LC (KTM) March 14, 2022 0

कर्णाली-भारतको नागाल्यान्डमा हुने सार्कस्तरीय क्रसकन्ट्री एथ्लेटिक्स खेल प्रतियोगितामा भाग लिन जुम्लाका चार खेलाडी त्यसतर्फ जाने भएका छन् । यही २७ मार्च २०२२ मा उक्त प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा भाग लिनका लागि कर्णाली स्पोर्टस क्लब जुम्लाले आज एथेलेटिक्स खेलाडीहरू बन्दना बुढा, राममाया बुढा, समिता बुढा र दीपेन्द्र बोहरालाई जुम्लाबाट छनोट गरेर पठाएको छ । उनीहरू जुम्ला–काठमाडौँ हुँदै भारतको नागाल्यान्डमा पुग्ने गरी यात्रा तय गरिएको क्लबका सहसचिव धनराज सुनारले जानकारी दिनुभयो ।

सहसचिव सुनारका अनुसार बन्दना सिनियर र राममाया, समिता र दीपेन्द्रले जुनियर दौड प्रतियोगितामा भाग लिनेछन् । क्लबले आजै उनीहरूलाई जुम्लाबाट बिदाइ गरेको छ । नेपाल पत्रकार महासङ्घ अध्यक्ष नेत्रबहादुर शाही र चन्दननाथ मावि जुम्लाका प्रधानाध्यापक टङ्कबहादुर महतले उनीहरूलाई बिदाइ गर्दै नागाल्यान्डको एथ्लेटिक्स प्रतियोगितामा जुम्लाले नेपालको इतिहास कायम राख्ने विश्वास व्यक्त गर्नुभएको थियो । (रासस)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर