एम्बाप्पे र नेयमार चम्किँदा शानदार जित निकाल्यो पिएसजीले — OSNepal

एम्बाप्पे र नेयमार चम्किँदा शानदार जित निकाल्यो पिएसजीले

LC (KTM) March 14, 2022 0

काठमाडौं, ३० फागुन – बोर्डेअक्सविरुद्ध ३-० अन्तरको सहज जितसँगै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदानमा पीएसजीलाई जिताउन केलियन एम्बाप्पे र नेयमार र लिअन्द्रो पराडेजले १-१ गोल गरे ।

खेलको २४औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ५२औं मिनेटमा नेयमारले गोल गरे भने ६१ औं मिनेटमा पराडेजले गोल गर्दै पीएसजी सहज जित दिलाए ।

पीएसजीले २८ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा छ । बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ । दोस्रो स्थानको मार्सेइलीको समान खेलबाट ५० अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर