आबुधाबिमा नेपाली समुदायसँग श्रममन्त्री श्रेष्ठको छलफल, नेपाली समुदायले राखे यस्ता गुनासा ? — OSNepal

आबुधाबिमा नेपाली समुदायसँग श्रममन्त्री श्रेष्ठको छलफल, नेपाली समुदायले राखे यस्ता गुनासा ?

LC (KTM) March 16, 2022 0

काठमाडौँ, २ चैत :संयुक्त अरब इमिरेट्स ९युएई० भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मङ्गलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग छलफल गर्नुभएको छ ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन दिने र रोजगारीको प्रलोभनमा नेपालीलाई युएई ल्याउनेलाई कारबाही गर्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ९इन्टरपोल०को सहयोगमा दोषीलाई पक्राउ गर्न सकिने बताउनुभयो । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियानअघि बढाइएको जनाउँदै उहाँले भन्नुभयो, “गैरकानुनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा पनि जोगिदैनन् ।” उहाँले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालय तथा दूतावासका कर्मचारीसहित प्रवासी नेपाली सङ्घसंस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र श्रमिकहरूको सहभागिता रहेको मन्त्री श्रेष्ठको निजी सचिवालयले आज जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर