रसुवागढी नाकाबाट बुधबारदेखि आयात बढ्यो, अब दैनिक १४ गाडी सामान भित्रिने — OSNepal

रसुवागढी नाकाबाट बुधबारदेखि आयात बढ्यो, अब दैनिक १४ गाडी सामान भित्रिने

LC (KTM) March 16, 2022 0

रसुवा, २ चैत – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट बुधबारदेखि सामानको आयात बढेको छ । गएको बिहीबार दुई देशका सीमा अधिकारीबीच सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको थियो ।

छलफलमा चिनीयाँ पक्षले चीनबाट नेपाल तर्फ हुने सामानको आयात बढाउने सहमति जनाएको थियो । नेपाल सामान बढाउने सहमति अनुसार बुधबार १४ चिनिया गाडीमा नेपाल सामान भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीले बताए ।

यसअघि चिनिया पक्षले दैनिक बिहान ७ र बेलुका २ गरी चिनिया ९ वटा गाडीमा नेपाल सामान आयात गरिरहेको थियो । बुधबारदेखि ५ चिनिया गाडी सामान थपेको हो । अब बिहान र बेलुका दुई सिफ्टमा सात सात गरी १४ वटा चिनिया गाडीमा नेपाल सामान आयात हुने मैनालीले बताए । दैनिक १४ गाडी मार्फत नेपाल सामान आयातलाई निरन्तरता दिने चिनिया पक्षले बताएको उनले बताए ।

चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुई वटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामाग्री नेपाली गाडीमा लोड अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

चीनले कोरोनाको कारण देखाउँदै सहज रूपमा नाका सञ्चालन गरेको छैन । चीनबाट रसुवागढी नाका हुँदै नेपाल सामान सहज रूपमा आयात गर्न नसक्दा व्यापारीहरू समस्यामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर