घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? — OSNepal

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

LC (KTM) March 20, 2022 0

काठमाडौँ, ६ चैत – सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ८०० मा कारोबार भएको सुन आज प्रतितोलामा रु ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० छ । यसको मूल्य शुक्रबार प्रतितोला रु ९९ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार ३७५ मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर