म दलित हुँ भन्ने भावना त्याग्न आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीको सुझाव — OSNepal

म दलित हुँ भन्ने भावना त्याग्न आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीको सुझाव

LC (KTM) March 21, 2022 0

प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आफ्नो मस्तिष्कबाट दलित भन्ने शब्द हटाउनु पर्ने बताउनु भएको छ । ५७ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा समता फाउण्डेशनले रिडेफ नेपाल तथा प्रदेश सरकार सँगको सहकार्यमा आयोजना गरेको दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

‘म दलित हुँ । उ माथिको जात हो । त्यसले जस्तो म काम गर्न सक्दिन भन्ने मानसिकता हटाऔँ, म पनि अरू जत्तिकै काम गर्न सक्छु भनेर लाग्नुप¥यो ।’ उहाँले भन्नुभयो । दलित समुदाय भित्र पनि निम्न वर्गका मानिसको जीवनस्तर उकास्न लाग्नुपर्ने उहाँको भनाई छ । प्रदेश १ बाट सहभागी महिला जनप्रतिनिधिहरूले आफ्नो ५वर्षको कार्यकालमा व्यक्तित्व विकास देखि नेतृत्व विकास सम्मको अनुभव सुनाएका थिए ।

वडा सदस्य रहेका महिलाहरूले अब पार्टीले जिम्मेवारी दिएमा उपमेयर मेयर कै पनि कार्यभार सम्हाल्न सक्ने क्षमता अभिवृद्धि भएको बताएका थिए । मन्त्रीकार्कीले दलित भएकै कारणले थिचोमिचोमा पर्न नहुनेमा जोड दिनुभयो । जनप्रतिनिधिले आफ्ना समुदायका नागरिकको जीवनस्तर उकास्न तर्फ ध्यान दिन उहाँले निर्देशन दिनुभयो ।

जातीय छुवाछुतकै कारणले कोही थिचोमिचोमा पर्छ भने कानून अनुसार कारबाही हुने उहाँको भनाई छ । ‘तपाईहरु नेता हो, तपाईहरु सबैको न्याय गर्ने ठाउँमा हुनुहुन्छ । उहाँले भन्नुभयो,‘सबै जनताले नै तपाइहरूलाई भोट दिएको हुनाले समाज सुधार्ने जिम्मेवारी पुरा गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर