देशमा राजनीतिक परिवर्तन भए पनि शिक्षामा व्यवहारिक रुपमा परिवर्तन भएन : महामन्त्री थापा — OSNepal

देशमा राजनीतिक परिवर्तन भए पनि शिक्षामा व्यवहारिक रुपमा परिवर्तन भएन : महामन्त्री थापा

LC (KTM) March 23, 2022 0

काठमाडौं ९ चैत । नेपाली कांग्रेस महामन्त्री गगन थापाले उच्च शिक्षा ऐन बनाउनुपर्ने प्रस्ताव राखेका छन् । देशमा राजनीतिक परिवर्तन भए पनि शिक्षामा व्यवहारिक रुपमा परिवर्तन गर्न नसकिएको भन्दै महामन्त्री थापाले सार्वजनिक रुपमा नै उच्च शिक्षा ऐन बनाउनु पर्ने बताएका हुन् ।

बुधबार कीर्तिपुरमा त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले यस्तो बताएका हुन् । शिक्षालाई संविधानमा मौलिक हकसहितका व्यवस्था गरिए पनि विश्वविद्यालयमा सुधारको आवश्यक रहेको उनको तर्क रहेको छ ।

‘आफूले पाएको जिम्मेवारी सम्झिएर काम गर्नुपर्छ । अब विश्वविद्यालयको समस्या समाधान गर्न ढिलो गर्नु हुँदैन’ उनले भने । यस विषयमा आफुले कुलपति, प्रधानमन्त्रीसँग पनि छलफल गर्ने बताएका छन् ।

थापाले आफु पनि त्रिविको पूर्वकर्मचारी भएकाले अहिले यस विद्यालयको रङ उडेको देख्दा मन दुखेको बताएका छन् । उच्च शिक्षामा कसले लगानी गर्ने भन्ने विषयमा बहस गरेर टुंग्याउनुपर्ने उनले जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर