लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी एमाले : अध्यक्ष ओली — OSNepal

लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी एमाले : अध्यक्ष ओली

LC (KTM) March 23, 2022 0

काठमाडौं ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरु वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै गाह्रो मान्न नपर्ने बताएका छन् ।

बुधबार बरमहलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । एमाले पुरानो लोकतान्त्रिक पार्टी भएको जिकिर गरेका उनले बैठकमा सम्बोधन गर्दै भने, हामी वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै गाह्रो मान्नुपर्दैन’।

लोकतन्त्र रहने कि नरहने, न्यायिक समाजको स्थापना हुने कि नहुने, प्राप्त उपलब्धीहरुको रक्षा हुने कि नहुने भन्ने मूख्य कुरा भएको बताएका उनले लोकतन्त्र र प्राप्त उपलब्धीको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनाव जित्नुपर्नेमा जोड दिएका छन् ।

सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्ने दायित्व आफुहरुसँग भएकाले आगामी चुनाव जित्नु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर