एमाले केन्द्रीय कमिटी बैठकः सातै प्रदेशका अध्यक्षहरूले कस्तो रिपोर्टिङ गरे ? — OSNepal

एमाले केन्द्रीय कमिटी बैठकः सातै प्रदेशका अध्यक्षहरूले कस्तो रिपोर्टिङ गरे ?

LC (KTM) March 23, 2022 0

काठमाडौं, ९ चैत – एमाले केन्द्रीय कमिटीको जारी बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ सकिएको छ ।

प्रदेश अध्यक्षहरू क्रमशः तुल्सी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, नवराज शर्मा, राधाकृष्ण कँडेल, विनोदकुमार शाह र दामोदर भण्डारीले स्थानीय निर्वाचनमा केन्द्रित भएर रिपोर्टिङ गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । सबै प्रदेश अध्यक्षले आ-आफ्ना प्रदेशमा पार्टीकाे संगठनबारे धारणा राखेका थिए ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको तेस्रो बैठक बोलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर