सामाजिक विकास मन्त्री राई द्धारा राज्यमन्त्री तुम्बाहाम्फे लाई अधिकार प्रत्यायोजन — OSNepal

सामाजिक विकास मन्त्री राई द्धारा राज्यमन्त्री तुम्बाहाम्फे लाई अधिकार प्रत्यायोजन

LC (KTM) March 24, 2022 0

प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले सामाजिक विकास राज्यमन्त्री विष्णु माया तुम्बाहाम्फे लाई अधिकार प्रत्यायोजन गर्नुभएको छ । प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७८ अनुसार सामाजिक विकास मन्त्री राईले आफूलाई प्राप्त अधिकार मध्ये महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, असहाय र अशक्त, गैरसरकारी संघ संस्था, समाज कल्याण, सामाजिक सुरक्षा र संरक्षण, गरिवी निवारण अधिकार प्रत्यायोजन गर्नु भएको छ ।

लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि प्रादेशिक नीति, कानून , मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान, नियमन, अनुगमन  तथा मूल्यांकन सम्मका अधिकारहरु सामाजिक विकास राज्यमन्त्री तुम्बाहाम्फे लाई प्रत्यायोजन गर्नु भएको छ । मन्त्री राईद्धारा आफुलाई प्रत्यायोजित अधिकार प्रयोग गर्न राज्यमन्त्रीको जिम्मेवारी र कर्तव्य हुने राज्यमन्त्री तुम्बाहाम्फेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर