सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रेष्ठ संसदीय सुनवाई समितिमा उजुरी नपर्ने पहिलो न्यायाधीश — OSNepal

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रेष्ठ संसदीय सुनवाई समितिमा उजुरी नपर्ने पहिलो न्यायाधीश

LC (KTM) March 26, 2022 0

काठमाडौं – संसदीय सुनवाई समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठविरुद्ध कुनै पनि उजुरी परेको छैन । गत बिहीबारसम्मको समयसीमा तोकेर संसदीय सुनवाई समितिले उजुरी आह्वान गरे पनि कुनै उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

‘अरुको सिफारिशहरुमा उजुरी नपरेको रेकर्डहरु त छन, तर सर्वोच्चको न्यायाधीशको हकमा कुनै उजुरी नपरेको पहिलो न्यायाधीशको रेकर्ड भने श्रेष्ठजीले कायम गर्नु भएको छ,’ सभापति कर्णले न्युज कारखानासँग भने । उनका अनुसार मंगलवार बस्ने सुनवाई समितिको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि लागि अनुमोदन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर