जनमत पार्टीका कार्यकर्ताको आक्रमणबाट जसपा सांसद प्रमोद साहको टाउको फुट्यो — OSNepal

जनमत पार्टीका कार्यकर्ताको आक्रमणबाट जसपा सांसद प्रमोद साहको टाउको फुट्यो

LC (KTM) March 26, 2022 0

काठमाडौं १२ चैत । जनता समाजवादी पार्टी जसपाका प्रमुख सचेतक प्रमोद साह माथि आक्रमण भएको छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्र्टीका कार्यकर्ताले सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद साहमाथि आक्रमण गरेका हुन् ।

ईश्वरपुर नगरपालिकाको युवा क्लव उद्घाटन कार्यक्रममा जाँदा जनमत पार्टीका कार्यकर्ताले साहमाथि आक्रमण गरेका हुन् । आक्रमणबाटउनको टाउको फुटेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेका थिए । अवरोधपछि जसपा र जनमतका कार्यकर्ताबीच झडप हुँदा उनको टाउको फुटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर