सूर्य थापा भन्छन् 'अब बरु कांग्रेससँग एकता होला, माधव नेपालसँग हुँदैन तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ' — OSNepal

सूर्य थापा भन्छन् ‘अब बरु कांग्रेससँग एकता होला, माधव नेपालसँग हुँदैन तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ’

LC (KTM) June 08, 2021 0

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब माधव नेपाल समूहसँग एकता हुने सम्भावना सकिएको बताएका छन् हिजो साँझ पार्टीबाट निष्काशनमा परेका माधव नेपाल समुहले पार्टी अध्यक्ष केपी ओलीले राखेको ६ बुँदे प्रस्ताव अस्विकार गर्दै संसद विघटन फिर्ता अघि सारेपछि सल्लाहाकार थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले नेपालको गुटसँग एकताका नहुने बताउँदै तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छभन्दे नेपाल समुहलाई भनेका छन् । नेपालको यस्तो शर्तले ओलीसँग होइन ,देउवाको काँग्रेससँग हुन्छ भन्दै अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असंभव कोशिसलाई अब छाडौँ समेत थापाले भनेका छन । । थापाले आज ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

थापाले लेखेका छन् , अब जेठ२को रटानको अध्याय सकिएको छ।माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन।यी शर्तमा नेपाल गुटसँग होइन,देउवाको काँग्रेससँग बरू एकता होला।तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो १अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असंभव कोशिस छोडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर