नेकपा एमालेका यी १७ सांसदले आफ्नै पार्टीको निर्देशन उल्लंघन गर्दै विपक्ष दललाई दिए विश्वासको मत — OSNepal

नेकपा एमालेका यी १७ सांसदले आफ्नै पार्टीको निर्देशन उल्लंघन गर्दै विपक्ष दललाई दिए विश्वासको मत

LC (KTM) June 08, 2021 0

काठमाडौं २५ जेठ । सुदूरपश्चिम प्रदेशमा पार्टीको निर्देशन विपरित नेकपा एमालेका १७ प्रदेश सांसद नेताहरुले माओवादीको सरकार टिकाउन विश्वासको मत राखेका छन् । पार्टीले विपक्षमा मत हाल्न ह्रिप जारी गरेपनि त्यसको उल्लंघन गर्दै माधव नेपाल समुहका १७ सांसदले माओवादीको कााध थापको छ ।

बहुमतको प्रदेश सांसद रहेको प्रदेशमा बहुमतले नै पार्टीको आदेश उल्लंघन गरेका छन् । २५ सांसद मध्ये १७ जनाले निर्देशन उल्लघंन गरेका हुन् । माओवादीको सरकार रहेको प्रदेशमा मुख्यमन्त्रीमा त्रिलोच भट्टले विश्वासको मत पाई फेरि डेढ वर्ष सरकार चलाउने भएका छन् ।

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमालेका सांसदहरु:
अमरबहादुर साउद
अर्चना गहतराज
कुलवीर चौधरी
कृष्णराज सुवेदी
चुनकुमारी देवी चौधरी
तारा लामा तामाङ्ग
दीर्घबहादुर सोडारी
दुर्गाकुमारी कामी
पूर्णा जोशी
प्रकाश बहादुर शाह
प्रकाश रावल
बलबहादुर सोडारी
मनाकुमारी साउद
माया भट्ट
लाल बहादुर खड्का
सुशीला बुढाथोकी
हर्कबहादुर कुँवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर