नांगो रुपमा गरिएको संसद विघटन सर्वोच्चले पुर्नस्थापना गर्छ : अध्यक्ष प्रचण्ड — OSNepal

नांगो रुपमा गरिएको संसद विघटन सर्वोच्चले पुर्नस्थापना गर्छ : अध्यक्ष प्रचण्ड

LC (KTM) June 08, 2021 0

काठमाडौँ २६ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले पुन एक पटक संसद पुर्नस्थापना गर्ने विश्वास रहेको बताएका छन् । आज मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको बैठकलाई भर्चुअल माध्यबाट सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अदालतले संविधानने हेर्ने भएकाले संविधानमा संसद विघटन कही कतै नभएकोले सर्वोच्चले पुर्नस्थापना गर्नेमा आफु विश्वस्त रहेको बताएका हुन् । पहिलो संसद विघटन गर्दा आफुले हामी जिउँदै छौ भनेको विषयलाई बैठकमा स्मरण गर्दै प्रचण्डले भने , अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, त्यसकारण सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ ।’

आफ्नो पक्षमा एमालेकै माधव नेपाल समुह, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव समुह तथा नेपाली कांग्रेस रहेको भन्दै सरकारको यो प्रतिगमनलाई अदालतले उल्टाएरै छाड्ने प्रचण्डको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर