चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा. नारायण खड्काबिच भेटवार्ता — OSNepal

चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा. नारायण खड्काबिच भेटवार्ता

LC (KTM) March 26, 2022 0

काठमाडौं १२ चैत । तिन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका छन् ।

खड्का र यी बिच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय भेटवार्ता भएको हो । दूई परराष्ट्रमन्त्री बिच भेटवार्ता भएपछि आजै प्रतिनिधिमण्डलस्तरीय छलफल हुने बताइएको छ ।

साथै, आज शनिबार नै नेपाल र चीनबीच विभिन्न सम्झौतामा दुईपक्षीय छलफल समेत हुने भएको छ । शुक्रबार नेपाल आएका यी आज बिहान शीवपुरी हाइकिङ गएका थिए ।

हरेक पटक नेपालमा आउँदा उनी हाइकिङ जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर