शाहरुख खानको पठानको लुकमा छोरी सुहानाको विशेष टिप्पणी, लेखिन्- मेरो बुवा ५६ वर्षको — OSNepal

शाहरुख खानको पठानको लुकमा छोरी सुहानाको विशेष टिप्पणी, लेखिन्- मेरो बुवा ५६ वर्षको

LC (KTM) March 27, 2022 0

शाहरुख खानको आगामी फिल्म पठानबाट अभिनेताको लुक सार्वजनिक भएको छ । एब्स र टोन्ड बडी फ्लन्ट गरेको शाहरुखको यो तस्बिरले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । फ्यानहरु उनको तारिफ गर्दा गर्दा पनि थाकेका छैनन् । शाहरुख पछि उनकी छोरी सुहाना खानले पनि यो तस्बिर सेयर गर्दै उनको उमेर र फिटनेसबारे टिप्पणी गरेकी छिन् । सुहानाले पठानको लुक सेयर गर्दै लेखेकी छिन्- ओहो , मेरो बुवा ५६ वर्षको हुनुहुन्छ। र हामीलाई बहाना बनाउन अनुमति छैन ।

सुहानाले यो क्याप्सनमार्फत आफ्ना ५६ वर्षीय बुवाको फिटनेसलाई कम्पिलमेन्ट दिन खोजेकी छिन् । फोटोमा, शाहरुखको एब्स र उनको लुकले उनको उमेरलाई बेवास्ता गरेको देखिन्छ । कमेन्ट सेक्शनमा धेरैले आफ्नो उमेर आफू शाहरुख जत्तिको फिट नभएको बताएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘म ५३ वर्षको भएँ । त्यसैले अब मसँग राम्रो देखिनको लागि मात्र ३ वर्ष छ।

अर्काले लेखेका छन्– म २५ वर्षको भएँ र औँला छुन पनि सक्दिनँ । अर्को प्रयोगकर्ता छक्क पर्दै लेख्छन्–५६ वर्ष? यसका लागि मेरो मन बलियो छैन। तर, शाहरुखको फिटनेस हेर्दा उनको उमेर ५० वर्षभन्दा बढी होला जस्तो लाग्दैन । सुहानाका अलावा गौरी खानले पनि आफ्ना पति शाहरुखको यो पठान लुक शेयर गरेकी छिन् । उनले क्याप्सनमा लेखेकि छिन्–पठान भाइब राम्रो देखिन्छ ।

शाहरुखले सेयर गरेको यो तस्बिरमा अहिलेसम्म २० लाखभन्दा बढी लाइक आइसकेका छन् । यो संख्याबाट बुझ्न सकिन्छ कि मानिसहरु शाहरुखलाई पर्दामा हेर्न आतुर छन् । शाहरुख लामो समयपछि फिल्म पठानबाट इन्डस्ट्रीमा कमब्याक गर्दैछन् । उनी बाहेक फिल्ममा दीपिका पादुकोण र जोन अब्राहम सँगै छन् । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर