श्रीमतीमाथि जोक गरेको भन्दै ओस्कार अवार्डमा विल स्मिथले स्टेजमै होस्टलाई थप्पड हानेको भिडियो भाइरल (भिडियो) — OSNepal

श्रीमतीमाथि जोक गरेको भन्दै ओस्कार अवार्डमा विल स्मिथले स्टेजमै होस्टलाई थप्पड हानेको भिडियो भाइरल (भिडियो)

LC (KTM) March 28, 2022 0

काठमाडौं-सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका विल स्मिथले स्टेजमा गएर होस्टलाई दरिलो थप्पड हानेका छन् । अहिले थप्पड हानेको दृष्ण् सामाजिक संजालमा भाइरल बनेको छ ।लस एन्जेलसमा भएको ओस्कार अवार्ड समारोमा समारोहका उद्घोषक क्रिस रकले आफ्नी श्रीमतीमाथि जोक गरेपछि रिसाउका स्मिथ सरासर मञ्चमा गएर गालामा थप्पड हानेका छन् ।

स्मिथले ‘किङ रिचार्ड’ बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाउनुअघि यो घटना भएको थियो । स्मिथकी पत्नी जाडा पिन्केट स्मिथको कपाल झर्ने समस्यालाई लिएर जोक गरेपछि स्मिथले रिस थाम्न सकेका थिएनन् ।

स्मिथको थप्पड खाएपश्चात उनले कुनै प्रतिवाद गरेनन् । हाँसेर टारे । कार्यक्रममा उपस्थितहरू भने स्तब्ध बनेका थिए । कार्यमको माहोल नै फरक बनेको थियो । वार्ड लिएपश्चातको सम्बोधनमा स्मिथले कुनै सन्दर्भ उल्लेख नगरी क्षमायाचना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर