डा. हेमराज शर्मा एनआरएनए उपाध्यक्षमा निर्वाचित — OSNepal

डा. हेमराज शर्मा एनआरएनए उपाध्यक्षमा निर्वाचित

LC (KTM) March 28, 2022 0

ललितपुर, १४ चैत – गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा डा हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन् । यसअघि महासचिवको पद समालेका उनलाई आइतबार सम्पन्न संघको १० औं महाधिवेशनले उपाध्यक्ष पदमा निर्वाचित गरेको हो ।

डा शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आईसीसी सदस्यमा मनोनीत भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर