‘तिमी सँग’ गीतमा ‘द भ्वाइस किड्स’ विजेता जेनिसको स्वर — OSNepal

‘तिमी सँग’ गीतमा ‘द भ्वाइस किड्स’ विजेता जेनिसको स्वर

LC (KTM) March 28, 2022 0

काठमाडौँ । ‘द भ्वाइस किड्स’ विजेता जेनिस उप्रेतीको स्वर रहेको गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतमा संगीत संयोजन पनि संगीतकार गिरीकै छ ।

शास्त्रिय गीतको रुपमा प्रस्तुत यो गीत जेनिसले निकै राम्रो तरिकाले गाएका छन् । गीतको भिडियो पनि स्टुडियोमै छायांकन भएको छ । भिडियोमा गायक जेनिस, गीतकार उपाध्याय लगायत देखिएका छन् ।

गीत संगीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड राख्न सफल उनले २५ एल्बमका सयौँ गीत सार्वजनिक गरिसकेका छन् ।
यस्तै, उउनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’ लगायत करिब दुई दर्जन बढी उपन्यास आएका छन् । गीतकार डिआर छिट्टै १०८ विश्व रेकर्ड राख्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर