जहाँ माओवादीले नेतृत्व गर्छ ,त्यहाँ विकास भएको छ : प्रचण्ड — OSNepal

जहाँ माओवादीले नेतृत्व गर्छ ,त्यहाँ विकास भएको छ : प्रचण्ड

LC (KTM) March 28, 2022 0

रोल्पा १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु रोल्पाकै भरमा सिंहदरबारमा लडिरहेको बताएका छन् । रोल्पाको सदरमुकाम लिवाङमा सोमबार आयोजित सभालाई सम्बोधन अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘तपाईंहरुकै बलमा हामीले सिंहदरबारमा लड्ने हो’ प्रचण्डले भने । अहिले पनि प्रतिक्रियावादीहरु राम्रो कुरा उल्ट्याउनका लागि परेको आरोप लगाएका उनले त्यसविरुद्ध आफुहरु हतियारबिना लडिरहेका र लडाँइ उस्तै भएको बताएका छन् ।

‘हामीलाई घेरा हालेर सक्न खोजेका छन्, हामी घेरा तोडेर विजय हुन खोजिरहेका छौं ।’
उनले अघि भने ।

रोल्पा लाल किल्ला भएको र रहिराख्ने भन्दै उनले भने , ‘जहाँ माओवादी केन्द्रले नेतृत्व गरेको छ, त्यहाँ विकास भएको छ ,मैले रोल्पामा यति चाँडै विकास होला भन्ने सोचेको थिइनँ । विद्युत ६० प्रतिशत पुगेको छ । स्वाथ्य सबैतिर पुगेको छ । शिक्षामा सुधार हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर