दमकमा खाना महोत्सव सुरु, तीन दर्जनभन्दा बढी व्यावसायिक स्टल राखिने — OSNepal

दमकमा खाना महोत्सव सुरु, तीन दर्जनभन्दा बढी व्यावसायिक स्टल राखिने

LC (KTM) March 28, 2022 0

दमक, १४ चैत -यही चैत २३ देखि २९ गतेसम्म यहाँ आयोजना हुने ‘आठाँैं खाना महोत्सव’का लागि तयारी तीव्र पारिएको छ । होटल व्यवसायी सङ्घ जिल्ला शाखाले प्रत्येक वर्ष गर्दै आएको उक्त महोत्सव यस वर्ष पनि सात दिनसम्म आयोजना गरिने भएको महोत्सव आयोजक समितिका संयोजक भूपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।स्थानीय आदिवासी र जनजातिका परम्परागत तथा मौलिक खानेकुराको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । महोत्सवमा स्थानीय धिमाल, राजवंशी, तामाङ, लिम्बू, राई, नेवारीलगायत जातजातिका खानेकुराको तीन दर्जनभन्दा बढी व्यावसायिक स्टल राखिने छन् ।

दमक–७ स्थित पशुहाट क्षेत्रमा आयोजना गरिने सो महोत्सवमा दैनिक स्थानीय जातजातिको परम्परागत नृत्यसँगै राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने सङ्घका अध्यक्ष योगराज दङ्गालले जानकारी दिनुभयो ।
महोत्सवले दमक र आसपास क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । महोत्सव एक लाख जनाभन्दा बढीले अवलोकन गर्ने र करिब रु २५ लाखभन्दा बढीको आर्थिक करोबार हुने अपेक्षा गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर