थप २६ जनामा कोरोना संक्रमण पुष्टि, ७७ जना भए निको — OSNepal

थप २६ जनामा कोरोना संक्रमण पुष्टि, ७७ जना भए निको

LC (KTM) March 30, 2022 0

काठमाडौं १६ चैत । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १९२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ७७ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा १ हजार १४६ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

त्यसैगरी मृतको संख्या भने शुन्य रहेको छ । –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर