आगामी निर्वाचनमा एक्लै पनि हामी २०० पालिका जित्छौं, वाम पार्टीमा त हामी पहिलो हुन्छौं : वर्षमान पुन — OSNepal

आगामी निर्वाचनमा एक्लै पनि हामी २०० पालिका जित्छौं, वाम पार्टीमा त हामी पहिलो हुन्छौं : वर्षमान पुन

LC (KTM) March 31, 2022 0

काठमाडौं १७ चैत । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले आगामी निर्वाचनमा आफ्नो पार्टीले २०० पालिका प्रमुखमा जित हासिल गर्ने दावी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागी भएका नेता पुनले यही वैशाख ३० गते देशैभर एकै चरणमा हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले २०० पालिका प्रमुखमा जित हासिल गर्ने दावी गरेका हुन् ।

‘एक्लै पनि हामी २०० पालिका जित्छौं । वाम पार्टीमा हामी पहिलो हुन्छौं’ उनले भने ।
अघिल्लो स्थानीय तह निवार्चन भन्दा माओवादीको अवस्थामा किने सुधार आएको दावी गरेका उनले भने, । ‘हामी आफ्नै शक्तिमा भर पर्छौं, हामीले सबै वडाको विश्लेषण गरेका छौँ । खाली गठबन्धन गरेर जित्नेमा मात्रै भर परेका छैनौं’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर