गठवन्धनको सहयोगमा प्रधानमन्त्री भएको हुँ, त्यसैले गठबन्धनदलाई अप्ठ्यारोमा पर्न दिन्नँ : देउवा — OSNepal

गठवन्धनको सहयोगमा प्रधानमन्त्री भएको हुँ, त्यसैले गठबन्धनदलाई अप्ठ्यारोमा पर्न दिन्नँ : देउवा

LC (KTM) March 31, 2022 0

काठमाडौं १७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने पार्टीलाई कुनै समस्यामा नपार्ने बताएका छन् ।

बिहीबार रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले आफु आफ्नो पार्टी गठवन्धनको विपक्षमा नभएको भन्दै यस्तो बताएका हुन् ।

आफूलाई सहयोग गरेर प्रधानमन्त्री बनाउनेहरूलाई आफूले असहयोग नगर्ने बताएका उनले आफ्नो पार्टीले गठबन्धनलाई सँगै लैजाने निर्णय गरेको बताएका छन् ।

‘अरु पार्टीका नेताहरुको सहयोगमा म प्रधानमन्त्री भएको हो । मलाई सहयोग गर्ने पार्टीसँग मिलेर जाने हो । अप्ठ्यारो त पर्नसक्छ तर त्यसलाई समाधान गरेर अगाडि बढ्छौं । त्यसमा चिन्ता गर्ने कुरा छैन’ देउवाले भने । देउवाले

गठवन्धनमा नेपाली कांग्रेस सहित माओवादी र एकिकृत समाजवादी , जनता समाजवादी पार्टी तथा राष्ट्रिय जनमोर्चा सहभागी भएको छ । जसको कारणले देउवा परमादेशबाट प्रधानमन्त्री भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर